कपिलबस्तु, जेठ २६ गते । कपिलबस्तु क्रिकेट संघको अध्यक्षमा पुनः प्रकाश गैरे निर्वाचित हुनु भएको छ । कपिलबस्तुको तौलिहवामा आयोजना गरिएको वार्षिक साधारण तथा चौथौं जिल्ला अधिबेशनबाट गैरैलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरिएको हो ।
गैरेको अध्यक्षतामा नौ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक अमित श्रीवास्तवले बताउनुभयो ‌।
त्यस्तै संघको उपाध्यक्षमा विश्वेन्द्र सिंह रावल, सचिवमा अजय शर्मा, कोषाध्यक्षमा पदमराज श्रेष्ठ, सदस्यहरुमा दिनेश हमाल, माया ज्ञवाली, राजेश प्रताप शाक्य, चन्द्रकान्त शर्मा, ऋषीकेश श्रेष्ठ रहनु भएको छ ।