तौलिहवा, (कपिलबस्तु), असार १ गते । बिभिन्न पार्टी परित्याग गरी ५० जेन्जी युवाहरु कांग्रेस पार्टीमा प्रबेश गरेका छन । कपिलवस्तु, महाराजगंज र बुद्धभुमी नगरपालिकाका बिभिन्न वडाका ५० बढी युवाहरु सोमवार कांग्रेसको तौलिहवा स्थित पाटीै काार्यलयमा सदस्यता लिई पार्टी प्रबेश गरेका हुन ।
उनीहरुलाई कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, पार्टी जिल्ला सभापति अब्दुल कलाम, कांग्रेस नेता अतहर कमाल, लोकनाथ शर्मा, प्रकाश गैरे, रामआषिष पाण्डेय, पुर्व वडाध्यक्ष उजेर अहमद लगायतका नेताहरुले खादा र टीका लगाई स्वागत गरेका थिए ।
सो अवसरमा पार्टी महामन्त्री आचार्यले बालेन नेतृत्वमा रहेको बर्तमान सरकार २ महिना मै जन बिरोधी काम गरेर आलोचित भएको बताए । उनले सदन मै राष्ट्र बिरोधी राखेको भनाईले नेपालीहरुको शीर निहुरेको, सुकुम्बासीहरुको बेहाल भएको लगायतको कामले जनताहरु बेहाल भएको बताए ।
सरकारकाृ यस्तै रबैयाले यो सरकार ५ बर्ष नटिक्ने दाबी गरे । उनले लोकतन्त्र र प्रजातन्त्रकालागि लामो ईतिहास बोकेको कांग्रेसले मुलुकको सही दिशा निर्देशन गनेृ र यो कुरा जताले बिस्तारै बुझदै गएको बताए ।
सो अवसरमा कांग्रेस नेता अतहर कमाल, लोकनाथ शर्मा, रामआषिष पाण्डेय, प्रकाश गैरेले कांग्रेस पार्टीले नै जन भावनाको कदर गर्ने बताए । पार्टी सभापति कलामको अध्यक्षता र सह सचिव बिरेन्द्र शुक्लाको संचालनमा कार्यक्रम संपन्न भएको थियो ।