कपिलवस्तुमा दुई पाङ्ग्रे दुर्घटना बढेपछि सचेतना अभियान
तौलिहवा(कपिलबस्तु), असार ९ गते । जिल्लामा दुई पाङ्ग्रे सवारीसाधन संलग्न दुर्घटनाको संख्या बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न स्थानमा विशेष सचेतना अभियान सञ्चालन गरेको छ ।
दुई पाङ्ग्रे सवारीसाधन चलाउँदा अपनाउनु पर्ने सावधानी तथा सडक सुरक्षा सम्बन्धी जानकारी दिन जिल्लाका १० स्थानमा सचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मोटरसाइकल तथा स्कुटर गरी ६ सय ३९ वटा दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेका छन् । ती दुर्घटनामा ३ सय २८ जना चालक घाइते भएका छन् भने २६ जनाको मृत्यु भएको छ । यस्तै, पछाडि सवार २०४ जना घाइते भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले पछिल्लो समय दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति बढ्दै गएकाले सचेतना कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले दुई पाङ्ग्रे सवारीसाधन चलाउँदा अनिवार्य रूपमा हेलमेट प्रयोग गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । उहाँले दुई पाङ्ग्रे सवारी साधनमा दुई जनाभन्दा बढी यात्रु नराख्न समेते अनुरोध गर्नुभयो ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













