कपिलवस्तु, असार ११ गते । जिल्लाको कपिलवस्तु नगरपालिकाले फलफुल खेतीलाई बढावा दिन कलमी आपको बिरुवा बितरण गरेको छ । नगरपालिकाको कृषि शाखाको अगुवाईमा अमरपाली र अन्य कलमी आपको बिरुवा बाडिएको हो ।
नगर प्रमुख सुदीप पौडेलले बिरुवा हस्तान्तरण गर्दै बितरण कार्यको शुभारम्भ गरेका हुन । सो अवसरमा उनले ऐतिहासिक कपिलस्तु नगरपालिकालई सुन्दर हराभरा बनाउन घर घरमा फलफुल लगायतको बिरुवाहरु रोप्नु पर्ने बताए ।
उनले फलफुल खेती मध्ये आपको खेतीबाट राम्रो आय आर्जन गनृे सकिने भएकाले यसलाई ब्यवसायिकरुपमा मै अघी लानु पर्ने बताए । उनले कृषि क्षत्रको विकासकालागि नगरपालिकाले ध्यान दिएको बताए ।
सो अवसरमा नगरपालिका कृषि शाखा प्रमुख भगवानदास गुप्ताले नगरपालिको बार्षिक कार्यक्रम अन्र्गत आपको बिरुवा बाडिएको हो । नागरिकताको फोटो कपीका आधारमा नाम दर्ता गरेर एक जनालाई ३ वटा बिरुवा बाडिएको बताए ।
उनका अनुसार कुल १ हजार २ सय अूम्रपाली र १ हजार २५२ अन्य जातका गरी कसल २ हजार ३५२ आपको बिरुवा बाडिएको बताए ।