सामाजिक परीक्षणबाट संरक्षण परियोजनाको प्रभावकारिता मूल्याङ्कन
कपिलवस्तु, असार १४ । मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलवस्तुद्वारा सञ्चालित संरक्षण परियोजनाको सामाजिक परीक्षण कार्यक्रम बुद्धभूमि नगरपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा संरक्षण परियोजना कपिलवस्तुको बुद्धभूमि नगरपालिका, बाँकेको बैजनाथ गाउँपालिका र दाङको राप्ती गाउँपालिकामा सञ्चालन भइरहेको छ । अल्पसंख्यक, सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई राज्यका संयन्त्रमार्फत संरक्षण गर्दै उनीहरूको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक अधिकारमा पहुँच सुनिश्चित गर्नु परियोजनाको उद्देश्य रहेको जनाइएको छ । साथै, लोपोन्मुख जाति समूहलाई आधिकारिक रूपमा दर्ता तथा सूचीकरण गरी उनीहरूले कानुनबमोजिम प्राप्त गर्ने अधिकार, सेवा–सुविधा र स्रोत–साधनको उपयोगमा पहुँच बढाउने लक्ष्य रहेको बताइएको थियो ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले समावेशी विकासका लागि स्थानीय सरकार सबै समुदायको अधिकार संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो । सामाजिक परीक्षणले परियोजनाको उपलब्धि, चुनौती र सुधारका पक्ष पहिचान गरी आगामी योजना निर्माणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।
माहुरी होम कपिलवस्तुका अध्यक्ष रामदयाल ठाकुरले परियोजनाले अल्पसंख्यक तथा सीमान्तकृत समुदायको सशक्तीकरणमा सकारात्मक योगदान पु¥याएको बताउनुभयो । समुदायको सुझावका आधारमा आगामी कार्यक्रमलाई अझ प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो ।
सामाजिक परीक्षणको सहजीकरण नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खगप्रसाद चापागाई र गैरसरकारी संस्था महासङ्घका निवर्तमान अध्यक्ष प्रविणकुमार श्रीवास्तवले गर्नुभएको थियो । परियोजनाको बारेमा जानकारी परियोजना संयोजक रिखिराम हरिजनले गर्नु भएको थियो ।
कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुख एवम् सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













