सामुदायिक वनबाट बेवारिसे भरुवा बन्दुक बरामद
तौलिहवा(कपिलबस्तु), असार ३२ गते । जिल्लाको विजयनगर गाउँपालिका १ स्थित गौतम बुद्ध सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका १ बनखेतस्थित गौतम बुद्ध सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने सूचना स्थानीयवासीबाट प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरी टोलीले वन क्षेत्रमा खोजतलास गर्दा एकनाले भरुवा बन्दुक फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद गरेको जनाएको छ । बरामद गरिएको बन्दुकलाई इलाका प्रहरी कार्यालय गणेशपुरमा सुरक्षित राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले स्थानीयवासीको सूचनाका आधारमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरिएको बताउँदै यससँग सम्बन्धित व्यक्ति तथा बन्दुक त्यहाँ कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













