नेपाली काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
काठमाडौँ, साउन १२ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
वरिष्ठ नेता श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्न नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक २०८३ साउन १३ गते बिहान ८:३० बजे ललितपुरको सानेपास्थित बी.पी. स्मृति भवनमा बस्नेछ। बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
दिवङ्गत नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि साउन १३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ। त्यसपश्चात् पशुपति आर्यघाटमा उहाँको धार्मिक परम्परानुसार अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













