कपिलवस्तु २१ साउन
बन संबद्र्धन, प्रबद्र्धन सहीत वन संरक्षणमा उदाहरणीय काम गरेको भन्दै कपिलवस्तुका २ वन राष्ट्रिय स्तरमै पुरस्कृत हुने भएका छन ।
कृषि वन तथा पर्यावरण मन्त्रालय अन्र्गत वन तथा भु–संरक्षण बिभागले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कोईली चौर साना किसान सामुदायिक वन उपभोक्ता समुह र बाणगंगा नगरपालिका वडा नम्बर १० स्थित मायादेबी साझेदारी वन व्यवस्थापन समुहलाई पुरस्कृत गर्न लागेको हो ।
डिभिजन वन कार्यालय कपिलवस्तुका सुचना अधिकारी यादव सापकोटा अनुसार कोइली चोर वन गणेशमान सिंह सामुदायिक वन तथा मायादेबी साझेदारी वन साझेदारी वन राष्ट्रिय पुरस्कारबाट पुस्कृत हुने भएको हो । बिभागले साउन २५ गते ललितपुरमा दुबै वनलाई पुस्कृत गर्ने कार्यक्रम समेत तय गरेको उनले बताए ।
दुबै वनले वन संबद्र्धन, प्रबद्र्धन, संरक्षण, रोजागरी आयआर्जन समुहको सशक्तिकरण लगायतमा राम्रो काम गरे पछि पुस्कारका लागि बिभागले छनौट गरेको हो । गत बर्ष समेत मायादेबी साझेदारी राष्ट्रिय स्तरमै पुरस्कृत भएको थियो ।
लगातार दोश्रो बर्ष पनि मायादेबी साझेदारी वन राष्ट्रिय भए पछि आफुहरु निकै हर्षित भएको समुहका अध्यक्ष दिनेश जैसवालले बताए । उनले समुहको सबैको कडा मिहीनत र साथले यो उपलब्धी हासिल गरेको उनले बताए ।