एमाले लुम्बिनी प्रदेशका सचेतक लामिछानेद्वारा विपद् राहत कोषमा ५१ हजार सहयोग
दाङ । नेकपा एमाले लुम्बिनी प्रदेशका सचेतक नवराज लामिछानेले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ सहयोग गरेका छन । उनले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेका हुन ।
रसुवा जिल्लाको रसुवागढी क्षेत्रमा आएको भीषण बाढी तथा त्यसपछि निम्तिएको विपद्का कारण ठूलो जनधनको क्षति भएपछि राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामिछानेले रकम प्रदान गरेका हुन ।
लामिछानेले विपद्का समयमा पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए । उनले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
रसुवामा आएको बाढी तथा पहिरोका कारण मानवीय क्षतिसँगै सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ । विपद् प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका साथै राहत वितरणको काम भइरहेको छ ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













