बाढीपहिरो प्रभावितलाई ट्रस्टको एक लाख एक हजार सहयोग
कपिलवस्तु, भदौ १५ गते । भोटेकोशीमा गत भदौ ११ गते आएको बाढीपहिरोबाट प्रभावितको उद्धार तथा राहतका लागि तेजकुमार बौद्धाचार्य ट्रस्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपियाँ सहयोग गरेको छ।
ट्रस्टकी अध्यक्ष ससु मयि शाक्यले उक्त रकम प्रमुख जिल्ला अधिकारी जर्नादन गौतममार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्नुभएको हो।
बाढीपहिरोबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको ट्रस्टले जनाएको छ।
भोटेकोशीमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार तथा राहतका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सङ्घसंस्था र व्यक्तिले सहयोग गर्दै आएका छन्।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













