गोली चलाएर २ जना भारतीय लागुऔषध कारोबारी पक्राउ
पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो ।
ब्यूरोको भैरहवा शाखाबाट खटिएको प्रहरीले टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूको विवरण सार्वजनिक गरिएको छैन ।
भारतीय लागुऔषध कारोबारीहरूलाई नियन्त्रणमा लिने क्रममा ४ राउण्ड फायर गरिएको लागुऔषध नियन्त्रण ब्यूरका एक जना अधिकृतले बताए । ब्यूरो स्रोतका अनुसार प्रहरीले १५८ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













