मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोला नजिकै काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।

इभीमा ८ जना सवार रहेको र उनीहरूमध्ये ६ पुरुष र २ महिला रहेको जनाइएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनालाई उपचारका लागि काठमाडौं र एक जनालाई हेटौँडा ल्याइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार घटनास्थलमा प्रहरी र ट्राफिक टोली परिचालन गरिएको छ। घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।