समयमाई बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः श्रेष्ठ
कपिलवस्तु, असोज ३ गते । कपिलवस्तुको तौलिहवा स्थित समयमाई बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारण सभा तथा ८ औं अधिबेशनबाट मधुसुदन श्रेष्ठ पुनः अध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन ।
उपाध्यक्षमा जर्नादन पराजुली, सचिवमा उमा सिंह कार्की र कोषाध्यक्षमा बिश्वराज पाण्डेय निर्बारोध निर्बाचित भएका हुन । समितिको सदस्यहरुका शान्ति रुपाखेती, कमलराज पंथी, सालिकराम घिमिरे छन ।
यसैगरी लेखा समितिको संयोजका नबिन बहादुर श्रेष्ठ तथा समिति सदस्यहरुमा गंगाधर आचार्य र पंकज कुमार श्रीवास्तव छन । समितिको कार्यकाल ४ बर्षको हुनेछ । अधिबेशनको समाजसेबी तथा साहित्यकार पार्वती पाण्डेयले उदघाटन गर्दै समयमाई बचतले राम्रो काम गरेको बताईन ।
उनले अहिलेको अवस्थामा कतिपय सहकारीमा आर्थिक अनियमितता भएको कुरा बाहिर आएको बेला यो सहकारीले भने यस क्षेत्रको बचतकर्ताको मन जित्न सफल भएको बताईन ।
कार्यक्रममा बिश्वराज पाण्डेयले गत आर्थिक बर्षको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेन प्रस्तुत गरेका थिए । सो अवसरमा अध्यक्ष श्रेष्ठले आगामी आर्थिक बर्षको कार्ययोजना र कार्यक्रम पस्तुत गर्दै प्रति सेयर ४ प्रतिशत बोनश बितरण गरिने बताए ।
उनले बचत संकलन र ऋण प्रवाह राम्रो भए पनि बक्यौता ऋण असुलीमा भने समस्या आएको बताए । उनले ऋण लिएकाहरुले सयममै ऋण चुक्ता गर्न समेत आग्रह गरे । कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षता जर्नादन बिश्वराज पाण्डेयको संचालन र उपाध्यक्ष जर्नादन पराजुलीको स्वागत मन्तब्यमा भएको थियो ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













