सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।

घाइते स्थानीय २३ वर्षीय निरजकुमार यादव रहेका प्रहरीले जनाएको छ ।
यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार यादवको तिघ्रामा गोली लागेको हो । घटनापछि उनलाई उपचारका लागि विराटनगर ल्याइएको थियो ।
गोली कसले र के कारणले चलाएको भन्नेबारे भने खुल्न बाँकी छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

याे पनि हेर्नुहाेस्

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते