कांग्रेस कपिलवस्तुका नौ पालिकामा नेतृत्व चयन
सुग्रिव बरई
कपिलवस्तु, असोज ८ गते । नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाका नौ स्थानीय तहमा पालिका स्तरीय समितिको नेतृत्व चयन गरेको छ । आठ पालिकामा सभापति निर्विरोध चयन भएका छन् भने यशोधरा गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।
निर्वाचन समितिका अनुसार कपिलवस्तु नगरपालिकाको सभापतिमा प्रकाश गैरे, बुद्धभूमि नगरपालिकामा सुरजप्रताप राणा, बाणगङ्गा नगरपालिकामा रविराज आचार्य, महाराजगञ्ज नगरपालिकामा रामअचल चौधरी र कृष्णनगर नगरपालिकामा राकेशमणि त्रिपाठी निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै शुद्धोधन गाउँपालिकाको सभापतिमा नरेश अहिर, मायादेवी गाउँपालिकामा चन्द्रिका यादव र विजयनगर गाउँपालिकामा रामकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
यशोधरा गाउँपालिकाको सभापतिमा भने चन्द्रप्रकाश दुबे निर्वाचित हुनुभएको छ । उहाँले ९८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जगदिश पाण्डेयले ८४ मत प्राप्त गर्नुभएको थियो । दुबे १४ मतको अन्तरले विजयी हुनुभएको हो ।
यसैगरी शिवराज नगरपालिकामा बिहीबार निर्वाचन कार्यक्रम रहेको जनाइएको छ । शिवराजमा सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत सभापति चयन गर्न लागिएको हो ।
नेपाली कांग्रेसले पालिका अधिवेशनमार्फत स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको हो ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













