बाणगंगा नदीमा पुरुष बेपत्ता
कपिलवस्तु, असोज ९ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बाणगंगा पुलबाट शुक्रबार दिउँसो एक जना पुरुष नदीमा बेपत्ता भएका छन् ।
दिउँसो करिब ३ बजे पुलको उत्तरी किनारबाट नदीमा बेपत्ता भएका पुरुषको लुगा प्रहरीले फेला पारेको छ । अन्दाजी ५० वर्षीय ती पुरुषको पहिचान भने खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार घटनालगत्तै प्रहरी टोली परिचालन गरी नदीमा खोजी भइरहेको छ । बेपत्ता पुरुषको अवस्था र पहिचानबारे थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













