कांग्रेसका छ प्रदेश सभा क्षेत्रीय सभापति निर्विरोध निर्वाचित
कपिलवस्तु, असोज ९ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेश सभा अधिवेशनबाट कपिलवस्तुका छ वटै प्रदेश सभा क्षेत्रमा क्षेत्रीय सभापति निर्विरोध निर्वाचित हुनुभएको छ ।
कपिलवस्तु क्षेत्र नं. १ (क) मा मंगलप्रसाद थारु, १ (ख) मा मोहम्मद इस्तयाक खान, क्षेत्र नं. २ (क) मा माधव दमासे र २ (ख) मा गिर्जेश कुमार पाण्डे निर्वाचित हुनुभएको हो ।
त्यस्तै, क्षेत्र नं. ३ (क) मा रामसिंह चौधरी र ३ (ख) मा हरिपाल चतुर्वेदी क्षेत्रीय सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको कांग्रेसले जनाएको छ ।
नवनिर्वाचित क्षेत्रीय सभापतिहरूलाई पार्टीका नेता तथा कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













