कपिलवस्तुको शिवराज नगरपालिकामा ३६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। राष्ट्रिय ज्येष्ठ नागरिक समाज शिवराज नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले ज्येष्ठ नागरिक परिवारका अभिभावक भएकाले उहाँहरूको अनुभव, सुझाव र कुरालाई सम्मानपूर्वक ग्रहण गर्नुपर्नेमा जोड दिएका थिए। ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र योगदानलाई समाजले सम्मान गर्नुपर्ने वक्ताहरूको भनाइ थियो।
कार्यक्रममा बोल्दै ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय महासचिव थानेश्वर खनालले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा, सार्वजनिक यातायातमा छुटलगायतका सुविधा उपलब्ध गराउने विषयमा पहल भइरहेको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकका अधिकार र सुविधाका विषयमा केन्द्र सरकारसँग समेत पहल भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, समाजसेवी युवाकान्त खनाल, रविदत्त मिश्र, वडा अध्यक्ष खिमविक्रम केसी, इलियास मुसलमान, महादेव पोखरेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। जेष्ठ नागरिकको सम्मान कार्यक्रममा नेपाल आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बिरेन्द्र सिंह केसिले ५१०० सहयो गर्नुभएकोमा धन्यवाद समेत ज्ञापन गरियो । ८० वर्ष माथी उमेरका जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम नगर अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्ष, सचिव नारायण ज्ञावलीक सचालनमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो ।