कपिलवस्तु । बडा दशैं, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वलाई लक्षित गरी क्याम्पसले विभिन्न मितिमा बिदा दिने भएको छ । क्याम्पसले सूचना जारी गर्दै असोज २५ गते घटस्थापनादेखि कार्तिक ८ गतेसम्म विजयादशमीको बिदा हुने जनाएको छ ।

त्यसैगरी कार्तिक २२ देखि २६ गतेसम्म शुभ दीपावली तथा तिहार बिदा, कार्तिक २७ गते स्थानीय बिदा र कार्तिक २९ गते छठ पर्वको बिदा रहने क्याम्पसले जनाएको छ । उक्त अवधिपछि कार्तिक ३० गतेदेखि क्याम्पस प्रशासन खुल्ने तथा मंसिर १ गतेदेखि नियमित पठनपाठन सञ्चालन हुने जनाइएको छ ।

कार्तिक ९ देखि २० गतेसम्म भने नियमित कार्यालय समयमा क्याम्पस प्रशासन मात्र खुला रहने सूचनामा उल्लेख छ । बिदाको अवधिमा पाठ्यक्रम पूरा गर्ने तथा आन्तरिक मूल्याङ्कनसम्बन्धी गतिविधि विषयगत शिक्षक र विद्यार्थीबीचको समन्वयमा गर्न सकिने व्यवस्था गरिएको छ ।

क्याम्पस प्रमुख **दयाराम गौतम (आचार्य दयानिधी)**ले चाडपर्वको बिदालाई विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई पारिवारिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसरका रूपमा सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले बिदाका समयमा पनि शैक्षिक गतिविधि प्रभावित नहुने गरी शिक्षक र विद्यार्थीबीच आवश्यक समन्वय कायम गर्नुपर्ने बताउनुभयो ।

क्याम्पस प्रमुख गौतमले बडा दशैं, शुभ दीपावली तथा तिहार, नेपाल सम्वत् र छठ पर्वका अवसरमा सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा अभिभावकमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।