दलित सामाजिक विकास केन्द्रको अध्यक्षमा सुनिल रैदास निर्विरोध
कपिलवस्तु, असोज २३ गते । दलित सामाजिक विकास केन्द्र (डीएसडीसी), कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको २२औँ साधारण सभा तथा १०औँ अधिवेशनबाट रैदासको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
संस्थाकी अध्यक्ष सुरजमति पासीको अध्यक्षता तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष जयप्रकाश पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका कार्यकारी निर्देशक रामशरण रैदासले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नीलम कुमारी पासीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अनिता श्रीमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनबाट उपाध्यक्षमा नीलम कुमारी पासी, सचिवमा रोहित लाल कोरी, सहसचिवमा विश्राम कोरी र कोषाध्यक्षमा कुसुम कोरी निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यमा राजकुमार हरिजन, अनिता धोबी, अनिता पासी र अनिता श्रीमाल चयन हुनुभएको छ ।
सो कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष जयप्रकाश पाण्डेयले सामाजिक रूपान्तरण र पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न गैरसरकारी संस्थाहरूले जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले दलित, महिला, विपन्न तथा सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संस्थाले सञ्चालन गर्ने कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो । संस्थाले समुदाय स्तरमा गर्दै आइरहेको कार्य सरहनिय रहेको उहाँको भनाई छ ।

त्यस्तै, निर्वाचन समितिका संयोजक प्रविणकुमार श्रीवास्तवले अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको जानकारी गराउँदै निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले संस्थाको उद्देश्यअनुसार पारदर्शी र जिम्मेवार ढङ्गले काम गर्दै लक्षित समुदायको हितमा योगदान पु¥याउन नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













