दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण
दाङ, असोज २७ गते । जिल्ला प्रहरी कार्यालय दाङमा आयोजित स्वास्थ्य शिविरमा १९० जना प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत जिल्ला प्रहरी कार्यालयको समन्वय तथा त्रिभुवननगर जेसीज घोराहीको आयोजनामा सोमबार शिविर सञ्चालन गरिएको हो ।
शिविरमा प्रहरी कर्मचारीको सुगर, रक्तचाप, दाँत तथा मिर्गौलासम्बन्धी स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ । सञ्जीवनी डेन्टल क्लिनिक र नेशनल प्याथ ल्याब घोराहीले शिविरमा प्राविधिक सहयोग गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए ।
त्रिभुवननगर जेसीजका अध्यक्ष मीनराज भाटको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, स्वास्थ्यकर्मी, जेसीजका पदाधिकारी, सञ्चारकर्मी तथा प्रहरी कर्मचारीको सहभागिता थियो ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













