३२ वटा अनिसद्वारा लैङ्गिक हिंसाविरुद्ध दीप प्रज्वलन
कपिलवस्तु । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन कपिलवस्तुमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ।
दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल (यूएमएन) को संयुक्त साझेदारीमा सञ्चालित जीवन सुधार परियोजनाअन्तर्गत गठित ३२ वटा अनिसको सहभागितामा दीप प्रज्वलन कार्यक्रम गरिएको हो।
महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र असमानताको अन्त्य गर्दै लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
दीप प्रज्वलनमार्फत लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रममा महिला तथा बालिकाको सम्मान, सुरक्षा, समानता र अधिकार सुनिश्चित गर्न समुदायस्तरबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो।
जीवन सुधार परियोजनाअन्तर्गत गठित ३२ वटै अनिसको सहभागितामा गरिएको कार्यक्रमले समुदायमा लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउनुका साथै सुरक्षित, समतामूलक र हिंसामुक्त समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
‘लैङ्गिक हिंसा अन्त्य गरौँ, समानता र सम्मानयुक्त समाज निर्माण गरौँ’ भन्ने सन्देशसहित अभियान सञ्चालन गरिएको हो।


























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













