नक्कली ब्लुबुक बनाउने व्यक्ति पेस्तोल र गोलीसहित पक्राउ
रुपन्देही, असोज ४ गते । रुपन्देहीमा नक्कली ब्लुबुक बनाई चोरीका मोटरसाइकल बिक्री–वितरण गर्ने गरेको आरोपमा एक जना व्यक्ति पेस्तोल र गोलीसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सियारी गाउँपालिका–२ का अन्दाजी ४४ वर्षीय अजय चौधरी रहेका छन् ।
चोरीका मोटरसाइकल बिक्री गर्न नक्कली ब्लुबुक बनाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७ विद्यापथबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले चेकजाँच गर्ने क्रममा चौधरीको साथबाट टाइप–५४ पेस्तोलजस्तो देखिने एक थान पेस्तोल, त्यसमा लोड गरिएको चार राउण्ड गोली, एउटै फोटो भएका दुई थान ब्लुबुक तथा चार थान भारतीय आधार कार्ड बरामद गरेको जनाएको छ ।
पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













