कपिलबस्तु, मंसिर ६
जिल्ला सदरमुकाम तौलिहवामा हरित स्वयंसेवकहरुसंग एक दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
कृषि तथा पशु सेवा प्रवाहलाई स्थानिय स्तरमा, पु¥याउन स्थलगत तथ्यांक तथा अन्यविवरण संकलन तथा विश्लेषण गर्न समन्वय र सहकार्य गर्ने उद्देश्यले कृषि ज्ञान केन्दले हरित स्वयंसेवक कार्यक्रम संचालनमा ल्याएको केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले बताए । साथै स्थानिय स्तरमा कृषि व्यवसाय प्रर्बद्धनका लागि सबल तथा कमजोर पक्षहरुका साथै चुनौती र अवसरहरुको पहिचान तथा विश्लेषण गर्नमा कृषक र सम्बन्धित निकाय विच सहकार्य गर्न सो कार्यक्रम संचालनमा रहेको उनले बताए ।
केन्द्रका प्रमुख चौबेले कृषि क्षेत्रमा हरित स्वयंम सेवकको विकास तथा परिचलन कार्यविधि २०७६, सरोकारवाला, कार्यालय र स्थानिय निकायको भुमिका बारे कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
गोष्ठीमा विषधी निरिक्षक सत्यराम हरिजनले हरित स्वयमंसेवकको कार्य योजना, काम कर्तव्य र अधिकारको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा हरित स्वयंम सेवकहरुले आफुहरुले गरेको क्रियाकलपहरुको बारेमा जानकारी गराएका हुन ।
कार्यक्रम कृषि ज्ञान केन्द्रको आयोजनामा भएको हो । गोष्ठीमा ज्ञान केन्द्रका अधिकृत लवकुश प्रसाद कुर्मी, विभिन्न पालिकाका हरित स्वयंम सेवक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !