कपिलवस्तु ५ माघ
कपिलवस्तु नगरपालिकाले ९७ कृषकलाई इलेक्ट्रीक स्प्रेयर प्रदान गरेको छ । नगरपालिको कृषि शाखाको अगुवाई राखिएको कार्यक्रममा मेयर किरण सिंह र प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले उनीहरुलाई स्प्रेयर हस्तान्तरण गरेका थिए ।
एपोलो कम्पनीको स्प्रेयर १६ लिटर क्षमताको रहेको कृषि शाखाका प्रमुख भगवान दास गुप्ताले बताए । स्प्रेयर बिद्यतु र हात दुबैले चलाउन मिल्ने छ । सो अवसरमा मेयर किरण सिंहले कृषि खेतीलाई बढावा दिन स्पे्रयर बाडिएको बताए । उनले नगरपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरपालिको स्बीकृत कार्यक्रम र बजेटबाट कृषकहरुलाई सो सामाग्री उपलब्ध गराइएको बताए । उनले सामाग्रीको सदुपयोग हुुन पर्ने बताए ।
५ हजार १५० मूल्यको स्प्रेयरका लागि कृषकहरुले एक हजार लागनी गरेका छन । कुल ३ सय ७२ जनाले आबेदान दिएकोमा ९७ जनाका कृषको नाम छनौट गरिएको कृषि शाखा प्रमुख गुप्ताले बताए ।
तपाईको प्रतिक्रिया !