कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ बरवमा नेपाल कम्युनिष्ट पार्टी (विप्लप समूह)ले आफ्नै नेतालाई कालोमोसो र चप्पलको माला लगाएको छ ।
विप्लपका नेताले बाणगंगा नगरपालिकाका पूर्व सेक्रेटरी एवम् गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त भनिने प्रशान्त वि.क.लाई विभिन्न आरोपमा कालोमोसो र चप्पलको माला लगाएको बाणगंगा नगरपालिकाका नगर सेक्रेटरी शेरमानले बताउनुभयो ।
विक्रान्तलाई पार्टीले २०७६ साल कार्तिकमा बाणगंगा नगरको नगर सेक्रेटरीको जिम्मेवारी दिइएको थियो । जिम्मेवारी पाएपछि उहाँले पार्टीको नाममा विभिन्न ठाँउबाट रकम असुल्ने, परदर्शिता नदेखाउने र रकम हिनामीना गर्ने आरोपमा उहाँलाई सो सजाय दिएको सेक्रेटरी शेरमानले बताउनुभयो । उनले साथीभाई संग सरसपाटी लिएको पैसा हिनामिना गरेको आरोपमा उहाँलाई २०७७ साल मै पार्टीले कार्यवाही गरेको उहाँले बताउनुभयो ।
स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लप समूहका गतिविधि सुरु हुन थालेका छन् ।
तपाईको प्रतिक्रिया !