लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसद्वदारा प्रथम खेल सप्ताह २०७९ सम्पन्न भएको छ । खेलकूद सप्ताह अन्र्तगत विश्वविद्यालयका शिक्षक तथा कर्मचारी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता समेत गरिएको थियो ।
भदौ १९ गते देखि शुरु भएको कार्यक्रममा फुटसल, क्रिकेट, भलिबल, चेस, टेवल टेनिस, टग अफ वार, स्लो साइकल रेसिङ, व्याडमिन्टन, रनिङ, दौड गरी १२ वटा खेलहरु भएका थिए । अधिकांश खेलहरुमा महिलाहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पुरुषहरुको फुटसल तथा क्रिकेट प्रतियोगितममा बि.टि.टि.एम. सातौँ सेमेष्टर विजयी भएका थिए । महिला फुटसलमा बि.टि.टि.एम.कै पाचौँ र सातौँ सेमेष्टरका संयुक्त टिम, भलिबल र टग अफ वारमा भोट बौद्ध अध्ययन तथा समग्र खेलहरुको कुल अंकको आधारमा बि.टि.टि.एम. सातौँ सेमेष्टरले रनिङ सिल्ड प्राप्त गरेका थिए । सातौँ समेष्टरका राजेश आचार्य म्यान अफ द म्याच भएका छन् । शिक्षक कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगितामा शिक्षकहरु विजयी भएका छन् ।
यति भव्यताका साथ खेल सप्ताहको आयोजना भएको विश्वविद्यालयको लागि मात्र नभएर लुम्बिनी क्षेत्रककै लागि पहिलो पटक हो । कार्यक्रममा महिला तथा पुरुष, लामा आनी लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रमले विद्यार्थीहरुको खेल प्रतिभालाई उजागर गर्न, खेलकूदको माध्यमद्वारा लुम्बिनी क्षेत्रलाई ध्यानाकर्षण गराउन, विद्यार्थीहरु बीच आपसी सम्बन्धको विकास गर्न सहयोग पुगेको क्याम्पस प्रमुख निर बहादुर गुरुंगले बताउनुभयो । खेलले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन सहयोग पुग्ने हुँदा विद्यार्थीहरुको अध्ययनमा पनि पुनर्ताजकि हुने उहाँको विश्वास छ ।
खेल सप्ताहको आयोजना गरेर शैक्षिक गुणस्तरको विकासको लागि विश्वविद्यालयले खेलकूद जस्ता अतिरिक्त क्रियाकलापहरुलाई पनि प्राथमिकता दिएको सन्देश दिन सफल भएको छ । प्रतियोगिताका विजयीहरुलाई यही भाद्र २७ गते केन्द्रीय क्याम्पसको दशौँ स्थापना दिवसको अवसरमा प्रमाणपत्र तथा मेडल वितरण गरिएको छ ।
तपाईको प्रतिक्रिया !