पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनुहुने

cWoIf bfxfn–;Daf]wg lrtjg, ( c;f]hM g]skf -dfcf]jfbL s]Gb|_ lrtjgn] cfOtaf/ e/tk’/df cfof]hgf u/]sf] kf6L{ k|j]z sfo{qmddf ;Daf]wg ug'{x’Fb} cWoIf k’iksdn bfxfn …k|r08Ú . tl:a/M gf/fo0f clwsf/L÷/f;;

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा९माओवादी केन्द्र०का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गर्नुभएको थियो ।

विभिन्न सात राजनीतिक दलसहित कूल एक सय ६९ सांसदको समर्थनमा तेस्रो पटक सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बन्नुभएका दाहालले एक पत्रमार्फत पुस २६ गते विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले सङ्घीय संसद् सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्राप्त गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले पत्राचार गरेर नै कार्यसूचीमा समावेश गरिदिनुहुन भनेर आग्रह गर्नुभएको छ । सचिवालयका तर्फबाट हामीले आवश्यक व्यवस्थापन गर्छौँ।” नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही उपधाराको ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । प्रत्यक्ष कूल एक सय ६५ र समानुपातिकतर्फबाट एक सय १० सांसद छन् । मनाङका सांसद टेकबहादुर गुरुङ भने हाल निलम्वनमा हुनुहुन्छ ।

प्रतिक्रिया
संबन्धित समाचार