तौलिहवा । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको आयोजनामा स्थानिय तहका प्रमुखहरु संग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण लगायतका समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया भएको हो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठ, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्याल, विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, शुद्धोधन गाँउपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, मायादेवी गाँउपालिकाका अध्यक्ष बलिउद्धिन खाँ को उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा भएको हो ।
तपाईको प्रतिक्रिया !