कपिलबस्तुमा करेन्ट लागेर महिलाको मृत्यु
कपिलवस्तु २९ पुस
कपिलवसतुको शिवराज नगरपालिका– २ हल्ला नगरमा करेन्ट लागेर शुक्रवार दिउसो एक महिलाको मृत्यु भएको छ । हल्लानगरस्थित २ नम्बर टोल बस्ने ३३ वर्षीया लालमती पुनको करेन्ट लागेरे मृत्यु भएको हो । धोएको कपडा घरको आँगनमा रहेको फलामको तारमा सुकाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नाउब उपरिक्षक मीन बहादुर घलेले बताए । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको उनले बताए ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













