काठमाडाैँ, माघ ३ गते । नेकपा (माओवादी केन्द्र) बाट मन्त्रीमा नियुक्त हुनेकाे नाम र मन्त्रालय टुङ्ग्याइएकाे छ ।
साे पार्टीले पाएकाे चार मन्त्री र एक राज्यमन्त्री लिने सहमति सत्तापक्षीय दलहरूकाे बैठकमा निर्णय भएकाे थियाे ।
प्रधानमन्त्रीका प्रेस संयाेजक सूर्यकिरण शर्माका अनुसार रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अमनलाल मोदीले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीकाे जिम्मेवारी पाउने हुनुभएकाे छ ।
यस्तै, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बन्नुहुनेछ ।
यसअघि नै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान, भाैतिक पूर्वाधार तथा यातायातमन्त्री बनिसक्नुभएकाे छ ।
तपाईको प्रतिक्रिया !