काठमाण्डौ – सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । आज सुन एक सय रुपैयाँले बढेर तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाकाे एक लाख ५२ हजार एक सय रुपैयाँ रहेको थियो । यसअघि गएको शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि पाँच रुपैयाँले बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर तोलाको एक हजार सात सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
तपाईको प्रतिक्रिया !