लुम्बिनी प्रदेशको सबै भन्दा बढी धान खेती हुने कपिलवस्तुमा २२ औं राष्ट्रिय धान दिवसका अवसरमा जिल्लाका  विभिन्न स्थानमा रोपाई महोत्सव गरिएको छ।

‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता ’ भन्ने नाराका साथ कृषि ज्ञान केन्द्र, धान सुपर जोन कपिलवस्तु , बुद्धभुमी नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेबी र यशोधरा गाउँपालिकाले रोपाई महोत्सव गरेको हो ।

लुम्बिनी प्रदेशमा गरिने ३ लाख २ हजार ८८९ हेक्टर मध्ये कपिलवस्तुमा ६५  हजार ८ सय ७१ हेक्टरमा धान खेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र र धान सुपर जोन कपिलवस्तुले बााण्ंगा नगरपालिका वडा नम्बर ६ मनोहरापुरमा  गरिएको रोपाई महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले  खाद्यान्नमा परनिर्भरता बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे ।

देशको श्रम शक्ति बिदेसिएका र मल सिँचाइको असुविधाले धान लगायतका अन्न बालीहरूको उत्पादनमा ह्रास आउँदै गएकोले बेलैमा सचेत हुनु पर्ने उनले बताए । परम्परागत खेतीलाई त्यागेर आधुनिक तरिकाबाट खेती गरेर उत्पादन बढाउनु पर्ने बताए । निर्वाहमुखी र परम्परागत खेतीलाई विस्थापित गरी उपकरणहरूको प्रयोग बढाउन जरुरी रहेको भन्दै ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले ‘ अपार अन्न भण्डारका रुपमा रहेका जिल्लाको प्रमुख बालीकारुपमा रहेको धान खेतीको स्तर अझ माथि उठाउनु पर्ने देखिन्छ, त्यसकालागि प्रविधिको प्रयोग बढाउँदै लागतमा कमी ल्याउनु पर्छ ।’

जमिन्दारीप्रथाको अन्त्य गर्दै सोचमा समेत परिवर्तन हुनु पर्ने उनको भनाई छ । उनले धान बाली कपिलवस्तुको प्रमुख बाली रहेको भन्दै जिल्लामा ७५ हजार मेट्रिक टन धान बचत हुने गरेको उनले बताए। कृशहरूले सहभागी अतिथि सबैलाई दही चिउरा खुवाएर स्वागत गरेका थिए । कार्यक्रमले कृषकहरूमा उत्साह थपे पनि सिँचाइ, उन्न बीउ, मल लगायतको समस्याले आफूहरूलाई सधैँ पिराेली रहने कृषक मोहन बल्बासोले  गुनासो गरे  ‘ मल सिँचाइको सुविधा नहुँदा सधैँ आकाशको पानीको भर पर्दै आएका छौ, खेतीमा आधुनिकीकरण भएको छैन, मल, बीउको सधैँ समस्या हुन्छ, ’ उनले भने ‘ कृषि र कृषकको नारा घन्काइए पनि दिगो विकासका लागि भने कसैले चासो दिएका छैनन् ।’

मल र सिँचाइ अभाव बिच कपिलवस्तुमा ९ प्रतिशत रोपाई 

कृषकहरूले मल खादको अभावका बिच रोपाई सुरु गरेका छन् । ज्ञान केन्द्र अनुसार मध्य असारमा जिल्लामा ९ प्रतिशत बढी रोपाई भएको छ । यस बर्से सिचाई अभाव र मल खादको चरम अभाव रहेको कृषकहरू बताउँछन् । कृषक घाउ राका यादवले बिउ र मलको अभावका बिच बल्लतल्ल रोपाई गरेको बताए । ‘मलखाद र उन्नत बिउ दिने सरकारेका नारा अहिले सम्म पुरा भएका छैन ’  उनले भने । सहुलियतको सरकारी मल त कृषि सहकारीको हातमा मात्र जाने गरेको उनले गुनासो गरे ।

जिल्लामा ६५ हजार हजार ८ सय ८१  हेक्टरमा धामन खेती गरिन्छ । प्रति हेक्टर ४ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । जिल्लामा राधा चार, साबित्री, सावा, मन्सुली, कालानमक लगायतका प्रजातिका धान लगाइन्छ । सुख्खापन, लगानी अनुसारको मूल्य नपाएकाले क्रमशः धानको उत्पादन समेत घढदै गएको छ । विभिन्न समस्याका कारण धान उत्पादनमा खासै बृसद्ध हुन नसेको  कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले  बताए  आधुनिक प्रविधि, उन्नत बीउ, मल, सिँचाइ सुविधा नबढाईकन उत्पादन बढ्दैन, ’ उनले भने ‘ निर्वाहमुखी नभई ब्यवसायिक खेती गर्न कृषकलाई प्रोत्साहित गर्नु पर्छ ।’

बुद्धुभुमी नगरपालिका र नयाँ बिहानी कृषक समूहको  नगरपालिकाको घचौरामा समेत रोपाई महोत्सव गरिएको छ ।  मेयर केशव कुमार श्रेष्ठको नेतृत्वमा पञ्चेबाजा बजाई रोपाई गरिएको हो । सो अवसरमा उनले कृषकहरूलाई समयमै बीउ बिजन मलखद उपलब्ध गराउनु पर्ने माग गरे । कपिलवस्तु नगरपालिकाले बडा नम्बर ३ तिलौराकोट दरबार क्षेत्रको नजिकै मा मायादेबी गाउँपालिकाले वडा नम्बर ६ डुमरामा, यशोधरा गाउँपालिकाले वडा नम्बर १ तिर्तिखीमा रोपाई महोत्सव गरेको थियो ।