तौलिहवा स्थित तौलेश्वर नाथ मन्दिरमा गहना चोरी गर्ने थप दुई जना भारतीय महिला पक्राउ परेका छन् । आज दिउसो हरितालिका तीजको भीडभाडको मौका छोपेर तौलेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थी महिलाहरूको सुनका गरगहना चोरी गर्ने छ जना भारतीय महिलाहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको महराजगन्ज जिल्लाको प्रतावल पोष्ट, सम्देवराह थाना स्थायी ठेगाना भएकी २५ वर्षीया उषा देवी हरिजन, गोरखपुर जिल्ला चौरीचौरा थाना, सरदारनगर पोष्ट स्थायी ठेगाना भएकी ३२ वर्षीया गीता देवी चमार र चौरीचौरा थाना स्थायी ठेगाना भएकी ३५ वर्षीया रिता देवी चमार रहेका छन् ।

त्यस्तै सिद्धार्थनगर जिल्ला सोहरतगढ पोष्ट, करहिया थाना स्थायी ठेगाना भएकी ३५ वर्षीया उषा देवी चमार, सिद्धार्थनगर जिल्ला नुस्काबजार थाना स्थायी ठेगाना भएकी २४ वर्षीया शिला हरिजन र गोरखपुर जिल्ला कम्पियरगन्ज थाना, पकरी दुसवा स्थायी ठेगाना भएकी ३० वर्षीया अनिता देवी हरिजन पक्राउ परेको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।
थप दूई जना पक्राउ परेका भारतीय महिला नै रहेको प्रहरीले जनाएको छ । उनिहरु संग सोध पुछ जारी रहेको उहाँको भनाई छ ।

याे पनि हेर्नुहाेस्

सुन चोर्ने छ जना भारतीय महिला पक्राउ