काठमाण्डौ – एन्फा महिला फुटबल लिगमा आज भएका दुईवटै खेल बराबरीमा टुङ्गिएका छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएका खेलमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब तथा कोशी प्रदेश र सङ्कटा फुटबल क्बलले बराबरी खेलेका हुन् ।
पहिलो खेलमा आर्मी र पुलिस क्लबले १–१ गोलको बराबरी खल्दै अङ्क बाँडेका हुन् । आर्मीकी अमृता जैशी र पुलिसकी अमिशा कार्कीले एक–एक गोल गरे । पुलिस पाँच खेलमा ११ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । समान खेलमा आर्मी १० अङ्कसहित चौंथो स्थानमा छ ।
आजै भएको दोश्रो खेलमा कोशी र सङ्कटाले गोलरहित बराबरी खेले । कोशी पाँच खेलमा १० अङ्कसहित तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । समान पाँच वटै खेलमा पाँच अङ्कसहित सङ्कटा सातौं स्थानमा छ । चार खेलमा १० अङ्कसहित एपीएफ फुटबल क्लब दोश्रो स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।
तपाईको प्रतिक्रिया !